प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीन तथा प्रधामन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक प्रा.डा दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ।

विगत ४ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने र थकान महसुस भएपछि हिजो पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएकाे  डा. शाहले बताइन्।

‘मलाई तीन-चार दिनअघिबाट ज्वरो आउने तथा खोकी लाग्ने भइरहेको थियो,’  हेल्थपोस्टसँग कुराकानीमा  शाहले भनिन्,‘ हिजो पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भयो।’

स्वास्थ्यमा जटिलता नआएको हुनाले उनी होम आइसोलेसनमा रहेकी छन्।

आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई सतक रहन र केही लक्षण देखिएमा परीक्षण गर्न समेत डा. शाहले अनुरोध गरिन्। ‘हाइ लेबलको मिटिङमा सहभागिता जनाउँदै आएको छु, यसबीचमा धेरै जनासँग सम्पर्क भयो होला,’ उनले भनिन्, ‘कसैलाई शंका लागेमा तुरुन्तै परीक्षण गराउनु होला।’

डा. शाह वरिष्ठ मिर्गौला रोग विशेषज्ञ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय