काेराेना स‌ंक्रमणका कारण एक सैनिक जवानको मृत्यु, सेनामा सक्रिय संक्रमित १,६५६

काेराेनाका कारण एक सैनिक जवानकाे मृत्यु भएकाे छ।

बझाङ जिल्ला घर भई काठमाडौं उपत्यकामा कार्यरत एक सैनिक जवानको शुक्रबार असाेज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको छ।

निज जवानकाे असाेज ६ गते छारे रोगको लक्षण देखिएपछि आकस्मिक रूपमा सघन कक्षमा भर्ना गरी उपचार भइरहेकाे थियाे।

उनकाे असाेज ८ मा स्वाब परीक्षण गर्दा काेराेना भाइरस संक्रमणकाे पोजेटिभ पुष्टि भएकाे थियो।

याेसँगै नेपाली सेनामा काेराेनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ।

नेपाली सेनामा कुल संक्रमित २,१९७, निको भएका ५३९ र सक्रिय संक्रमित १,६५६ जना रहेको जंगीअड्डाले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय