चितवनमा दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीस्थित गोदावरी नगरपालिका–१ का ३० वर्षीय पुरुष र हैटौंडा उप–महानगरपालिका–३ का ७४ वर्षीय पुरुष रहेका छन्।

श्वास प्रश्वास तथा निमोनियाको समस्या भएर अस्पतालमा भर्ना भएका दुई जनाको शुक्रबार राति मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.दयाराम लम्सालले जानकारी दिए। कैलालीको गोदावरी नगरपालिका–९ का ३० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको हो।

उनको आज (शनिबार) कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। मिर्गौलाको दिर्घरोग र श्वासप्रश्वासको समस्या भइ शुक्रबार मात्रै ती पुरुष अस्पताल भर्ना भएको अस्पतालले जानकारी दिएको छ।

यस्तै असोज ३ गते श्वास प्रश्वासमा समस्या भएर भर्ना भएका हैटौंडा नगरपालिका–९का ७४ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको थियो। उनको शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।

योसँगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। जसमध्ये चितवनका १८ जना, मकवानपुरका ७ जना, नवलपरासी पूर्वका ५ जना, कैलालीका २ जना, तनहुँ, रौतहट, सर्लाही, गोरखा र बाराका एक÷एक जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय