पर्सा, बारा र रौतहटमा थप २७ जनामा कोरोना पुष्टि

पर्सा, बारा र रौतहटमा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थति नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति कुल १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा २७ जनामा कोरोना देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए।

उनका अनुसार थपिएका संक्रमितहरू ८ वर्षीय बालकदेखि ७४ वर्षसम्मका छन्। २७ जना संक्रमितमध्ये पर्सामा २३ जना, बारामा ३ जना  र रौतहटमा १ जना रहेका छन्। कोरोना पुष्टि हुनेमा १० जना महिला र १७ जना पुरूष रहेका छन्।

पर्साका २३ जना संक्रमितमध्ये कालिकामाई गाउँपालिकाको वडा नम्बर १ का ११ जना रहेका छन्।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४ का ३ जना, वडा नम्बर १४ मा दुई र वडा नम्बर २, १०, २५ र २७ मा एक/एक जनागरी ९ जना संक्रमण पुष्टि भएको छ।

पर्साको सखुवापरसौनी गाउँपालिका वडा नम्बर २, जगरनाथपुरको वडा नम्बर ५ र बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा एक/एक जनामा संक्रमण देखिएको छ।

यस्तै बाराको फेटा गाउँपालिका, बारागढी गाउँपालिका र परवानीपुर गाउँपालिकामा एक/एक जना संक्रमित फेला परेका छन्। त्यसैगरी  रौतहटका एकजनामा पनि संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय