नारायणी अस्पतालको प्रयोगशालामा थप २७ जनामा संक्रमण पुष्टि

पर्सा, बारा र रौतहटमा थप २७ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

वीरगन्जस्थति नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति कुल १ सय ९२ जनाको स्वाब नमुनालाई परीक्षण गर्दा २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए।

उनका अनुसार थपिएको संक्रमित ८ वर्षीय बालकदेखि ७४ वर्षीय वृद्धसमेत रहेका छन्। २७ जना संक्रमितमध्ये पर्सामा २३ जना , बारामा ३ जना र रौतहटमा १ जना रहेका हुन्।

पुष्टि हुनेमा १० जना महिला र १७ जना पुरूष रहेका छन्। पर्साका २३ जना संक्रमितमध्ये कालिकामाई गाउँपालिकाको वडा नम्बर १ मा ११ जना संक्रमित थपिएका छन्।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ४ का ३ जना , वडा नम्बर १४ मा दुई र वडा नम्बर २, १०, २५ र २७ मा एक/एक जनागरी ९ जना संक्रमण पुष्टि भएको छ।

पर्साको सखुवापरसौनी गाउँपालिका वडा नम्बर २,जगरनाथपुरको वडा नम्बर ५ र बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा एक/एक जना संक्रमण देखिएको छ।

यस्तै बाराको फेटा गाउँपालिका, बारागढी गाउँपालिका र परवानीपुर गाउँपालिकामा एक/एक जना संक्रमीत रहेका छन्। रौतहटका एक जनामापनि संक्रमित पुष्टि भएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय