स्वास्थ्य मन्त्रालयको चेतावनी- पिसिआर शुल्क २ हजारभन्दा बढी लिने प्रयोगशालालाई हदैसम्म कारबाही हुन्छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण शुल्क २ हजारभन्दा बढी लिने प्रयोगशालालाई हदैसम्म कारबाही हुने जनाएको छ।

शुक्रबार एक प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर पिसिआर परीक्षण गर्ने जो काेही कारबाहीको दायरामा आउने जनाएको छ।

त्यसैगरी, आवश्यक नभएका व्यक्तिहरूको परीक्षण नगर्न पनि सबै अस्पताल तथा प्रयोगशालालाई निर्देशन दिएको छ।

‘यस्तो विषम परिस्थितिमा पनि केही निजी क्षेत्रका प्रयोगशालाको परीक्षण नतिजाको विश्वसनीयतामाथि प्रश्न चिन्हहरू आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवश्यक नपर्ने व्यक्तिको पनि परीक्षण गर्ने तथा सरकारले तोकेको भन्दा बढी शुल्क लिई परीक्षण तथा उपचार गर्नले कारबाहीको दायरामा आउनुपर्ने छ।’

देशभरका सबै ५५ प्रयोगशालाबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ भने ४० वटा सरकारी प्रयोगशालाबाट नि:शुल्क रूपमा पिसिआर परीक्षण हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय