उपत्यकामा थप ६४५ जनामा कोरोना, संक्रमित संख्या १९ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

यो सँगै उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।

शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ७० हजार ६ सय १४ पुगेको बताए।

शुक्रबार देशभर १८ हजार २ सय ८९ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ५१जना रहेका छन्।

आज ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ सय ४ सय ५५ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ५१ हजार ८ सय ६६ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.४ प्रतिशत रहेको छ।

हालसम्म कोरोना संक्रमणबाट ४ सय ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय