शुक्रबार थप १३१३ जनामा कोरोना, संक्रमण मुक्त १४५५
पछिल्लो २४ घन्टामा देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ७० हजार ६ सय १४ पुगेको बताए।
शुक्रबार देशभर १८ हजार २ सय ८९ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ५१ जना रहेका छन्।
आज ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन्।
गत २४ घन्टामा १ सय ४ सय ५५ जना कोरोना मुक्त भएका छन्।
यो सँगै संक्रमण मुक्त हुने संख्या ५१ हजार ८ सय ६६ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.४ प्रतिशत रहेको छ।