माग पूरा गरी डा. केसीको जीवन रक्षा गर्न माग

स्वास्थ्यमन्त्रीको सचिवालयमा अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न पत्र बुझाउँदै केसीका सहयोगी प्रितम सुवेदीलगायत

विगत १२ दिनदेखि अनशनरत चिकित्सक गोविन्द केसीले राखेका माग पूरा गरी उनको जीवन रक्षा गर्न माग गरिएको छ।

सोलिडारिटी फर डा. केसी अलायन्सले स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचका लागि राखेका मागहरु अविलम्ब पूरा गर्न माग गरेको छ।

स्वास्थ्य मन्त्रालयमा पत्र बुझाउँदै डा. केसीका सहयोगीसमेत रहेका प्रितम सुवेदीसहितको टोलीले तत्काल माग पूरा गरी अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको हो।

लगातार अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले विपन्न नागरिकको प्रतिनिधित्व गरेर राखेका मागप्रती गम्भीर बन्दै सरकारले पूरा गर्नुपर्ने उनीहरुको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय