कोरोना संक्रमित महिलाले जन्माइन् बच्चा

पोखरामा कोरोना भाइरसबाट संक्रमित गर्भवतीले बच्चा जन्माएकी छन्।

भारतको विहार मोतीहारी घर भई पोखरा बस्दै आएकी २४ वर्षीया युवतीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अप्रेसनमार्फत बिहीबार बच्चा जन्माएकी हुन्।

संक्रमित सुत्केरीको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए। बच्चाको भने एनआइसियुमा राखेर उपचार भइरहेको उनले बताए।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. चुममाया पुन नेतृत्वमा बालरोग विशेषज्ञ डा. प्रज्ञा शाक्य, एनेस्थेसिस्ट डा. रोहिणी सिग्देलको टिम अप्रेसनमा संलग्न थियो।

नर्सिङ कर्मचारी आरती अधिकारी, लक्ष्मी पराजुली, गीता परियार र कार्यालय सहयोगी पवित्रा भण्डारीको समेत शल्यक्रियाका लागि विभिन्न भूमिकामा साथ रहेको अस्पतालले विज्ञप्तिमा जनाएको छ।

सुत्केरी महिला असोज ५ गते क्षेत्रीय अस्पताल भर्ना भएकी थिइन्। ६ गते उनको स्वाब लिएर कोरोना परीक्षण गरिएको थियो। त्यसै दिनदेखि ती महिलाको आइसोलेसनमा उपचार भइरहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय