बाँकेमा आज ५२ वर्षे स‌ंक्रमित पुरुषकाे मृत्यु, मृत्यु संख्या १२ पुग्यो

बाँकेमा थप एकजना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। शुक्रवार बिहान उपचारकै क्रममा नेपालगन्जका संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका ३, एकलैनीका ५२ वर्षे पुरुषको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार बिहान २ बजेर २५ मिनेटमा मृत्यु भएको हो।

मृतक व्यक्तिको स्वास्थ्यमा समस्या आएपछि असोज ५ गते राति ११ बजे उपचारका लागि मेडिकल कलेज कोहलपुरमा भर्ना गरिएको र कोरोनाको आशंकामा ६ गते बिहान पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको थियो।

सोही दिन दिउँसो आएको कोरोना परीक्षणको नतिजामा उनलाई पोजेटिभ पुष्टि भएको थियो।

मृतक व्यक्तिको फोक्सोमा निमोनिया भएको र उच्च रक्तचाप रहेको जनाइएको छ।

बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १२ पुगेको छ।

मृतक व्यक्तिको शव व्यवस्थापनकालागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले समन्वय र तयारी गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय