सरकारी अस्पतालमै काेराेना परीक्षण शुल्क तोकेभन्दा बढी

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज ९ गते १२:२४

भरतपुरस्थित क्यान्सर अस्पतालले बिरामी र कुरुवाको अनिवार्य पीसीआर परीक्षण गराएर सरकारले तोकेभन्दा पनि बढी शुल्क असुल्दै आएको छ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शुल्क २ हजार निर्धारण गरे पनि अस्पतालले भिटिएमको अतिरिक्त ५ सय शुल्क उठाउँदै आएको छ। अस्पतालले अस्पतालमा भर्ना हुने प्रत्येक बिरामी र एक जना कुरुवाले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ।

अस्पतालका एक चिकित्सककाअनुसार अस्पतालमा पीसीआर सुरु नहुँदा पनि भरतपुर अस्पतालमा नमुना पठाउँनु पर्दा पनि भिटिएमको भनेर अतिरिक्त शुल्क लिने गरेको थियो।

‘मन्त्रालयका प्रवक्ताले बढी शुल्क लिने निजी अस्पतालको छानबिन गर्ने धम्की दिइरहेका छन्, यहाँ सरकारी अस्पतालनै बढी शुल्क उठाइरहेका छन्,’ ती चिकित्सकले भने।

मन्त्रालयले कोरोना परीक्षणको दायरा घटाएर शुल्क २ हजार तोके पनि निजी अस्पतालहरुले भने नधान्ने भन्दै परीक्षण शुल्क ४ हजार ४ सय नै लिँदै आएका छन्। अस्पतालमा हाल झण्डै ३ सयको हाराहारीमा ओपिडी सेवा दिँदै आएको छ ।

ग्लोब्स पनि बिरामीलाई किनाइन्छ

कोरोना संक्रमण बढिरहेको अवस्थामा उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने ग्लोब्ससमेत उपलब्ध गराउन अस्पताल प्रशासन असफल भएको छ।

अस्पताल स्रोतका अनुसार ठेकेदार कम्पनीले समयमा दिन नसकेको भन्दै अस्पताल प्रशासनले प्रत्येक बिरामीबाट पूर्ण बट्टा किन्न लगाएर काम चलाउँदै आएको छ । ‘सामान्य मास्क, ग्लोब्ससमेत उपलब्ध गराउन नसक्नु प्रशासनको असफलता हो’, एक चिकित्सकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय