डा.केसीको मागप्रति रेसिडेन्ट डाक्टरको साथ

काठमाडौंः विगत १२ दिनदेखि जारी चिकित्सक गोविन्द केसीका मागप्रति त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट(आवासीय)चिकित्सकहरुले ऐक्यबद्धता जनाएका छन्।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनीहरुले केसीका मागप्रति सरकार संवेदनशील भएर प्रक्रिया अगाडि नबढाए आन्दोलनसम्म थाल्न बाध्य हुने चेतावनी दिएका छन्।

शान्तिपूर्ण तरिकारले सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको माग गर्दै संघर्षरत केसीका मागप्रति सरकारले गम्भीर रुपमा ध्यान नदिएको उनीहरुको आरोप छ।

त्रिवि शिक्षण अस्पतालको रेसिेडेन्ट डक्टरर्स एसोशियसनका अध्यक्ष डा. सुवास देवकोटा र सचिव डा. सुमन दाहालद्वारा हस्ताक्षरित विज्ञप्तीमा अनशनलाई फितलो रुपमा लिएको उल्लेख गरिएको छ।

अनशनको १२ दिनसम्म आइपुग्दा केसीको स्वास्थ्य अवस्था दैनिक बिग्रँदै गएको र वार्ताका लागि सरकारबाट कुनै पहल नभएकोप्रति एसोशियसनले आपत्ति प्रकट गरेको छ।

विज्ञप्तीमा भनिएको छ, ‘ आज १९ औं अनशनको १२ औं दिन भइसकेको छ। उहाँको स्वास्थ्य अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको भएता पनि वार्ताका लागि कुनै पहल नभएकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ।’

वार्ता गर्नुको साटो सरकार उदासिन भएकाले आजदेखि आवासीय चिकित्सकले अस्पतालमा कालोपट्टी बाँधेर काम गर्ने बताएका छन्। यदि वार्ताका लागि सरकारले अझै उदासिनता देखाए, कडाभन्दा कडा कदम चाल्न बाध्य हुने विज्ञप्तीमार्फत चेतावनी दिइएको छ।

साथै न्यायको पक्षमा उभिएका समग्र चिकित्कस, नर्स, नर्सिङका विद्यार्थीसमेतलाई डा. केसीको समर्थनमा आउन आह्वान पनि गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय