पर्सा र बारामा थप १५ जना काेराेना संक्रमण पुष्टि

पर्सा र बारामा थप १५ जना काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ।

वीरगन्जस्थित नारायणी अस्पतालकाे प्रयोगशालामा बिहीबार राति गरिएको पिसिआर परिक्षणमा पर्साका ११ र बाराका ४ जनागरी १५ जनामा काेराेना संक्रमण देखिएको छ।

संक्रमण हुनेमा १४ जना पुरुष र १ जना महिला रहेको नारायणी अस्पतालमा प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

पर्साका थपिएका ११ जना संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका १० जना र छिपहरमाई गाउँपालिकाका १ जना रहेका छन्।

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ६, १४, १५, १६ र २६ का एक/एक जना रहेका छन् भने वडा नम्बर १० का दुई जना र वडा नम्बर २९ का तिन जनामापनि संक्रमण भेटिएको छ।

यस्तै बाराका पचरौता नगरपालिकाको वडा नम्बर ३ का एक जनामा संक्रमण देखिएको छ।

सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ४ का एक जना संक्रमित भएका छन् भने आदर्शकोतवाल वडा नम्बर ५ का दुई जनामा संक्रमण पुष्टि भएको छ।

नारायणीको प्रयोगशालामा बिहीबार १ सय २५ जनाको स्वाब पिसिआर परिक्षण गर्दा १५ जनामा संक्रमण देखिएको हाे।

जसमा पर्साका १०३ जनाको स्वाबको नमुना परिक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको छ भने बाराका २२ जनाको पिसिआर परिक्षणमा ४ जनामा देखिएको हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय