डा. गौतम भन्छन्,‘दशैंमा कोरोना कोसेली बोकेर त हिँडदै छैनौं’

काठमाडौं उपत्यका लगायत तराईको केहि जिल्लामा संक्रमण बढ्दै गएको र चाडपर्व पनि नजिकिदै गरेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष सावधानी अपनाउनको सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चाडपर्व नजिकै गर्दा संक्रमणबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने बताए।

‘अब छिट्टै नै दशैं पनि नजिकिदै छ । हामी विभिन्न शहर र घना बस्तीबाट आफ्ना गाउँमा आफ्ना बुबा आमा, वृद्ध हजुरबुबा हजुरआमासँग आर्शिवाद लिन जाने क्रममा कतै कोरोना कोसेली त बोकेर जाँदै छैनौं भनेर सोच्ने बेला आएको छ, डा गौतमलले भने,‘ चाडपर्वमा संक्रमणबाट बच्च विशेष सावधानी अपनाउनु होला।’

डा.गौतमलले लक्षणसहित संक्रमित बढ्दै गएको समयमा सीमित स्रोत साधन भएकाले नेपालमा संक्रमितको व्यवस्थापन र उपचारमा ठूलो चुनौती रहेको पनि बताए।

त्यसैगरी, देशभर रहेका कुल संक्रमित मध्ये काठमाडौँ उपत्यकामा मात्र ५० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। ‘निषेधाज्ञा समाप्त भएको केही दिनमै काठमाडौंमा संक्रमणको दर तीव्र रुपमा बढेको डा गौतमले भन्छन्,‘ संक्रमित संख्या मध्ये करिव काठमाडौँ उपत्यकामा नै ५० प्रतिशत संक्रमित रहेका छन्।’

भिडभाड बढी हुने स्थानमा कोरोना संक्रमणको जोखिम बढी हुने भन्दै उनले जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना गर्न सबैलाई आग्रह गरे ।

सामाजिक र आर्थिक क्षेत्रलाई परेको असरबारे ध्यानमा राखेर काममा केन्द्रित हुँदै गर्दा धेरैले कोरोनालाई विर्सिएर जनस्वास्थ्यको मापदण्ड पालना गर्न हेलचेक्याइ भएको उनको भनाइ छ ।

डा गौतमले कोरोना संक्रमण केही होइन भनेर सोच्नु पनि अर्को ठूलो भ्रम भएको र त्यसले आफु र आफ्नो परिवारलाई असर पर्ने बताए ।

डा‌. गौतमले परिवारका वयस्क व्यक्तिले घरमा र्पुयाउने संक्रमण घरमै रहेका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सर्ने र त्यसबाट उनीहरुलााई बचाउन ठूलो चुनौती भएको बताए ।

कोरोना संक्रमण बढ्दै जाँदा काठमाडौं, चितवनलगायतका जिल्लामा कोरोना संक्रमण बढेको उनले बताए। उनले पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौँ उपत्यका र चितवनमा कोरोना संक्रमण देखिएको बताए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौँ उपत्यकाका मात्र ७५५ जना छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौंमा ६०९ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै चितवनमा १३७ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय