आफूसहित परिवारमा १४ जना संक्रमित भएका डाक्टर भन्छन्, ‘समुदायको सहयोग भरोसा बन्यो’

कोरोना महामारीको असामान्य अवस्थामा मात्रै होइन, नियमित अवस्थामा पनि जटिलतम अवस्थाका बिरामीको उपचारमा नेपालकै कहलिएका सघन उपचार विशेषज्ञ (इन्टेसिभिस्ट) हुन प्रा.डा. सुवास प्रसाद आचार्य।

कोरोना उपचारमा पनि नेपालमै पहिलोपटक प्लाज्जाथेरापी उपचारदेखि जटिल अवस्थाका बिरामीको उपचारमा प्रयोग हुने रेमडेसिभिरको प्रयोग गरेर गम्भीर अवस्थाका बिरामीको उपचार उनकै नेतृत्वको टिमले गर्‍यो ।

जटिल अवस्थाका संक्रमितको उपचारमा प्रमुख भरोसा बनेका आचार्य भदौ तेस्रो साता आफैं कोरोना संक्रमित बन्न पुगे। उनीमात्र होइन, उनका परिवारका १६ सदस्यमध्ये १४ जना एकैपटक संक्रमित बने।

बृद्ध बाबु–आमादेखि बालबालिकासम्म संक्रमित बनेपछि आचार्य निवास एकप्रकारको आइसोलेसन सेन्टर सरह बन्यो। संक्रमित भएका आफन्तमध्ये अधिकांशमा लक्षणसमेत देखियो।

आचार्य परिवारका लागि साच्चै नै ठूलो त्रासको अवस्था थियो। तर, यो विपत्तिलाई सावधानी, धैर्य र सचेततापूर्वक जितेर उनी बुधबारदेखि त्रिवि शिक्षण अस्पतालको नियमित काममा फर्किएका छन्।

मनमा डर पनि लाग्थ्यो एकैपटक धेरैलाई जटिलता देखियो भने के गर्ने ? ज्वरोले गलेर र बिरामी परिवारको उपचारमा थाकेर बसेको बेला उनका आफन्त र समुदायले गरेको व्यवहारले भने ठूलो भरोसा दिएको डा. आचार्यको अनुभव छ।

कोभिड आएदेखि संस्थागत हिसाबले पहिलो चुनौती नै त्रिवि शिक्षण अस्पतालले खेप्यो। कोरोनाका कारण नेपालमा पहिलोपटक मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको कट्रयाक्ट  हिस्ट्री त्रिवि शिक्षण अस्पताल थियो।

अस्पतालले बनाएको कोभिड कोअडिनेसन टिमको प्रमुख सदस्यको रुपमा त्यही दिनबाटै उनको व्यस्तता बढेर गयो।

एकपछि अर्को गर्दै अस्पतालमा भर्ना भएका बिरामी संक्रमित देखिन थाले। संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स स्वास्थ्यकर्मीको कन्ट्रयाक ट्रेसिङदेखि क्वारेन्टाइनको व्यवस्थापन र उपचारमासमेत उनी अहोरात्र खटिइरहेकै हुन्थे।

सरकारले कोभिड संक्रमितको उपचारका लागि भनेर स्थापना गरेको अस्पतालमध्ये जटिल अवस्थाका बिरामीका लागि उपचारार्थ छुट्याइएको थियो शिक्षण अस्पताल। किनकी, अस्पतालमा दक्ष जनशक्ति र राम्रो पूर्वाधार पनि थियो।

गम्भीर अवस्थाका बिरामीको नियमित उपचार, विभिन्न प्रविधि र औषधिको प्रयोगमा रमिरहेकै बेला भदौ तेस्रो साता अचानक उनकी आमालाई ज्वरो देखियो।

६५ वर्षे आमामा उच्चरक्तचाप, मधुमेह, दम र मोटोपनकोसमेत समस्या थियो। डाक्टर छोरा आमाको चेक जाँचमा नखटिने कुरै भएन।

ज्वरो नघटेपछि पीसीआर परीक्षण गरियो। आमामा कोरोना देखियो।

आमाको स्वास्थ्य अवस्था बुझ्न र भेटघाट गर्न कोही न कोही नआएको दिन हुन्न। यही क्रममा आमालाई संक्रमण सरेको हुनसक्ने आशंका उनको छ। आमालाई संक्रमण देखिएपनि उनको मनमा चिसो पस्यो।

‘घर परिवारसँग बस्दा मास्क लगाइन्न, आमालाई ज्वरो आइसकेपछि उपचार गर्दा पनि मास्क लगाइएको थिएन् भनेर मन झस्कियो,’ उनले हेल्थपोस्टसँग भने, ‘पछि परिवारका सबैको स्वाब पठाइयो, क्रमशः सबैको पोजेटिभ आयो।’

संयोगले डा. आचार्यकी श्रीमती र छोरीबाहेक सबैको कोरोना पोजेटिभ आयो। उनका बाबु, दाजु, भाउजु, भाई, बुहारी, घरका पाँच जना बच्चा र सहयोगीहरुमासमेत कोरोना पोजेटिभ देखियो।

‘बच्चाहरुबाहेक सबैलाई लक्षण पनि देखियो, ज्वरो, जीउ दुःख्ने, खोकीजस्ता लक्षण सबैमा देखियो’, डा. आचार्यले भने ।

आचार्यकी आमालाई अक्सिजन सपोर्ट नै दिनुपर्ने अवस्था आयो। उनी आफैं आमालाई लिएर ग्रान्डी अस्पताल पुगे। ५ दिन आइसीयूमा राखेर उपचारपछि आमाको अवस्थामा सुधार आयो।

संक्रमित नै संक्रमितले भरिएको घरमा सबैको स्वास्थ्यको मोनिटरिङ गर्नुपर्ने छँदैथियो। त्यसमा उनलाई पनि केही दिनसम्म कडा ज्वरो आयो।

अक्सिजनको मात्रा नाप्ने मेसिन पल्सअक्सिमिटर घरमै थियो। उनी नियमित रुपमा परिवारका सदस्यको अक्सिजन लेवल हेर्थे । ज्वरो, खोकी मोनिटर गरेर औषधि दिन्थे।

सामान्य लक्षण देखिँदैमा नआत्तिन र सकेसम्म घरैमा बस्न उनी संक्रमितलाई सुझाव दिन्छन् । ‘श्वासको गति बढ्यो, ५ दिनभन्दा बढी ज्वरो आयो वा अन्य जटिलता देखियो भने, म पेलेरै कोरोना जित्छु भनेर लापरवाही नगर्नु’, उनले थपे ।

भक्तपुर कौशालटार क्षेत्रमा उनका नजिक टाढाका नातेदार (आचार्य परिवार)को मात्रै ३० भन्दा बढी घर छ।

संक्रमण सिंगो आचार्य परिवार थलिएको समयमा कौशलाटार क्षेत्रका आफन्त र समुदायले उनको परिवारलाई उदाहरणीय सहयोग गर्‍यो।

जटिल अवस्थाका संक्रमितलाई मृत्युको मुखबाट फर्काएर ल्याएका डाक्टरका घरमै संक्रमितको भीड लाग्दा कतिपय अवस्थामा मन आत्तिन्थ्यो।

मनमा डर पनि लाग्थ्यो एकैपटक धेरैलाई जटिलता देखियो भने के गर्ने ? ज्वरोले गलेर र बिरामी परिवारको उपचारमा थाकेर बसेको बेला उनका आफन्त र समुदायले गरेको व्यवहारले भने ठूलो भरोसा दिएको डा. आचार्यको अनुभव छ।

‘त्यति धेरै सदस्य भएको परिवार झण्डै तीन साता घरबाट बाहिरै ननिस्किइकन बस्नुपर्र्दा, कुनै पनि दिन केही कुराको कमी महशुस गर्नुपरेन’, डा. आचार्य भन्छन् ।

वरपरकै घर भएका काका वा अन्य दाजुभाइहरु नभनिकनै पनि प्रत्येक दिनजसो केही न केही ल्याएर ढोकामा छाडिदिन्थे। फोनका भरमा वरपरका पसलेहरुले तरकारी वा खाद्यान्न त्यसैगरी ढोकासम्म ल्याइदिन्थे।

‘आफन्तहरुले बिहान दूधदेखि, यतिसम्मकी मासु पकाएर, मःमः समेत बनाएर ल्याइदिनुहुन्थ्र्यो,’ उनले भने, ‘यस्तै सहयोगले हामीले पूर्ण रुपमा आइसोलेसनको बसाइलाई सुरक्षित बनाउन पायौं।’

त्रिवि शिक्षण अस्पतालदेखि उनी आवद्ध भएका थुप्रै संस्थामा डा. आचार्यले कामले नै नामी र धेरैले रुचाउँने नाम हो।

उनको सुस्वास्थ्य एवं शीघ्र स्वास्थ्य लाभका लागि थुप्रै सहकर्मी चिकित्सकदेखि अन्य पेशाका मान्छे र बिरामीसमेत फोन गरेर चासो लिन्थे।

गम्भीर अवस्थामा पुगेका संक्रमितलाई सधै आत्मबल जोगाइराख्न सुझाउने उनले आफैंले भोग्दा पनि कोभिडमा आत्मबलको ठूलो महत्व अझै बुझे।

‘साना कुराबाट पनि आत्मबल पाइदो रहेछ, मलाई समुदाय र छिमेकीको व्यवहारले ठूलो आत्मबल दियो,’ उनी थप्छन् ।

सामान्य लक्षण देखिँदैमा नआत्तिन र सकेसम्म घरैमा बस्न उनी संक्रमितलाई सुझाव दिन्छन् ।

‘श्वासको गति बढ्यो, ५ दिनभन्दा बढी ज्वरो आयो वा अन्य जटिलता देखियो भने, म पेलेरै कोरोना जित्छु भनेर लापरवाही नगर्नु’, उनले थपे ।

संक्रमण पुष्टि भएको १४ दिनपछि उनको रिपोर्ट नेगेटिभ आइनसकेको भएपनि उनी काममा फर्किइसकेका छन्।

‘१४ आइसोलेसनमा बसेपछि र लक्षण नभएको अवस्थामा अरुलाई सार्ने जोखिम हुन्न,’ उनले भने, ‘म नेगेटिभ  पर्खिएर सधै घर बसेर गम्भीर अवस्थाका बिरामीको उपचार कस्ले गरिदिन्छ र ?’

 

One thought on “आफूसहित परिवारमा १४ जना संक्रमित भएका डाक्टर भन्छन्, ‘समुदायको सहयोग भरोसा बन्यो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय