स‌ंक्रमितकाे मृत्युपछि झापा गाउँपालिका ६ सिल

कोरोना संक्रमणबाट झापामा थप एकजनाको मृत्यु भएको छ। झापा गाउँपालिका ६ का ७७ वर्षीय वृद्धको गएराति मृत्यु भएको हो।

मृतक वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए।

मृत्यु भएका वृद्धको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ।

उनलाई सामान्य ज्वरो, रुघाखोकीको लक्षण देखिएको थियो।

गाउँपालिकाले तीनदिनअघि सो क्षेत्रका ३२ जनाको स्वाब परीक्षण गर्दा वृद्धको रिपोर्ट पोजेटिभ आएको थियोे।

उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धित समस्या थियो। गएराति उनको निधन भएपनि रिपोर्ट अहिले आएको हो।

वृद्धको मृत्यु भएपछि झापा गाउँपालिकाको ६ सिल गरिएको छ।

सो वडा तीन दिनका लागि सिल गरिएको वडाध्यक्ष हरिबहादुर बानीयाँले बताए।

वडाको पूर्वमा बिरिङ खोला, पश्चिममा सानो माइखोला, उत्तरमा कनकाई नगरपालिकाको सिमाना र दक्षिणमा फूलगाछीचोकसम्मको क्षेत्रलाई चारकिल्ला कायम गरेर सिल गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय