पछिल्लो २४ घण्टामा नेपालमा १४९७ संक्रमित थपिए, १७ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा नेपालमा एक जार सय ९७ जना कोरोनाबाट संक्रमित भएका छन्। यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६१ हजार ३०१ पुगेको छ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर गरिएकोमा एक हजार चार सय ९७ जना संक्रमित थपिएका हुन्।

यस्तै, देशभरीबाट ४५७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। क्वारेन्टाइनमा ६ हजार ५ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन्। हालसम्म जम्मा ५० हजार चारय ११ जनाले कोरोना जितेको डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा नेपालमा १७ जनाको कोरोनाले मृत्यु भएको छ। मृतकमध्ये ६ जना काठमाडौं उपत्यकाका संक्रमित हुन्। हालसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय