डा. केसीको जीवनरक्षा माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण

नेपाल चिकित्सक संघले प्रहरी प्रशासनद्वारा अनशनरत डा. गोविन्द केसीमाथि भएको ज्यादतिपूर्ण व्यवहारमाथि राष्ट्रिय मानवअधिकार आयोगलाइ ध्यान दिन आग्रह गरेको छ।

सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँचको माग गर्दै अनशनरत एउटा वरिष्ठ चिकित्सकमाथि प्रहरीले जबरजस्ती अपहरण शैलीमा ट्रमा सेन्टर लगिएको घटना उल्लेख गर्दै मानवअधिकार आयोगले ध्यान दिन आग्रह गरेको छ।

संघले मानअधिकार आयोगलाइ आज ध्यानाकर्षण पत्र बुझाउँदै केसीको जीवनरक्षाका लागि पहल गर्न पनि माग गरेको छ। जुम्लाबाट अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नपालगञ्ज हुँदै मंगलबार काठमाडौं ल्याइएको थियो।

संघले तर, अनशनस्थलबाटै जुम्लामा पनि जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र काठमाडौंको त्रिभुवन विमानस्थलबाट पनि अहरण तथा दुव्र्यवहार गरी ट्रमा सेन्टर लगिएकोबारे आपत्ति प्रकट गर्दै मानवअधिकार आयोगले यसमा छानबिन गर्न पनि माग गरेको छ।

संघका आजीवन सदस्यसमेत रहेका डा. केसीले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुगोस भन्ने माग राखेर गरिएको अनशनमा राज्यका निकाय र प्रहरीद्वारा गरिएको व्यवहार अत्यन्तै निकृष्ट भएको संघले बताएको छ।

‘नेपालगञ्ज हुँदै त्रिवि शिक्षण जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मीहरुले डा.केसीलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत कानुनी राज्यको उपहास गर्दै अपहरणको शैलीमा उहाँको इच्छा विपरित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघ गम्भिर दुःख व्यक्त गर्दछ’, संघले जारी गरेको बुझाएको ध्यानाकर्षणपत्रमा भनिएको छ।

संघका अध्यक्ष लोचन कार्कीले मानवअधिकार आयोगका आयुक्त अनुपराज शर्मालाई ध्यानाकर्षणपत्र बुझाएका छन्। साथै सरकारले यसअघि सम्झौता गरेका बुँदाहरु कार्यान्वयन गर्नुको साटो १९ औंपटक सत्याग्रहमा होमिन बाध्य पर्ने व्यवहार निन्दनीय र भत्र्सना योग्य रहेको संघले जनाएको छ।

‘एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनोट गर्न पाउने अधिकारको वञ्चित गर्दै सुरक्षाकर्मी बाट नै गरिएको यस्तो ज्याजतीपूर्ण व्यवहारप्रति यस संघ गम्भिर आपत्ति प्रकट गर्दछ’, पत्रमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय