कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणपछि केही दिन ओम अस्पतालको आइसोलेसनमा बसेका महामन्त्री कोइराला आज कोरोनाबाट मुक्त भएका हुन्।

उनले आफू कोरोनामुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। साथै यो अवस्थामा उपचारमा खटिएका चिकित्सक, सहयोगी र सुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।

उनले भनेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, पार्टीका साथीहरू, पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न चिकित्सक टिमलाई पुनः हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु।’

अन्तिम पटकको स्वाब परीक्षणमा मा पनि नेगेटिभ आएपछि उनले स्वास्थ्यअवस्थाबारे जानकारी दिएका हुन्। ‘मेरो कोरोना रिपोर्ट नेगेटिभ देखिएको छ। चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेसनमै रहने र त्यस पस्चात पार्टीको नियमित काममा फर्कने छु’, उनले भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय