बुटवल कोरोना अस्पतालको भेन्टिलेटरमा उपचाररत दुई जनाको मृत्यु

बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जना कोरोना संंक्रमितको मृत्यु भएको छ।

मृत्यु हुने नवलपरासी पश्चिम र कपिलवस्तुका हुन्। उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा उपचाररत थिए।

अस्पतालका अनुसार उनीहरु कलेजो, मिर्गौला र मधुमेह बिरामीसमेत थिए।

भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो। उनी कलेजो र मिर्गौलाका दीर्घरोगी थिए।

यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका-६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए। डा. गौतमका अनुसार उनी मधुमेह र मिर्गौलाका दीर्घरोगी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय