९ स्वास्थ्यकर्मीसहित सुर्खेतमा ४८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४८ जनामा कोरोना भाइरको संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित हुनेमा ९ स्वास्थ्यकर्मीसमेत छन्। यसका साथै पत्रकार, विद्यार्थी तथा सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएको छ।

योसँगै कर्णालीमा कुल संक्रमित संख्या ३ हजार २ सय ७६ पुगेको छ। यसका साथै पछिल्लो २४ घण्टामा १७ जना संक्रमणबाट निको भएका छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ७ सय ३१ पुगेको छ।

कर्णालीमा संक्रमण पुष्टि भएकामध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

कर्णालीभर कुल ५ सय ३९ जना कोरोना संक्रमितको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय