केसीप्रति गरिएको व्यवहार आपत्तिजनक छः चिकित्सक संघ

नेपाल चिकित्सक संघले प्रहरी प्रशासनद्वारा अनशनरत डा. गोविन्द केसीप्रहरी गरिएको व्यवहार आपत्तिजनक भएको भन्दै विरोध गरेको छ। जुम्लाबाट अनशन सुरु गरेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई नपालगञ्ज हुँदै मंगलबार काठमाडौं ल्याइएको थियो।

संघले तर, अनशनस्थलबाटै जुम्लामा पनि जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र काठमाडौंको त्रिभुवन विमानस्थलबाट पनि अहरण तथा दुव्र्यवहार गरी ट्रमा सेन्टर लगिएकाबारे आपत्ति प्रकट गरेको हो।

संघका आजीवन सदस्यसमेत रहेका डा. केसीले गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच पुगोस भन्ने माग राखेर गरिएको अनशनमा राज्यका निकाय र प्रहरीद्वारा गरिएको व्यवहार अत्यन्तै निकृष्ट भएको संघले बताएको छ।

‘नेपालगञ्ज हुँदै त्रिवि शिक्षण जाने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुरक्षाकर्मीहरुले डा.केसीलाई लोकतान्त्रिक मूल्य, मान्यता विपरीत कानुनी राज्यको उपहास गर्दै अपहरणको शैलीमा उहाँको इच्छा विपरित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघ गम्भिर दुःख व्यक्त गर्दछ’, संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

संघले ६० वर्ष पुरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको सहज पहुँचका लागि माग राख्दै अनशन गर्नुपर्ने अवस्था लाउनु नै दुःखद भएको जनाएको छ।

 

साथै सरकारले यसअघि सम्झौता गरेका बुँदाहरु कार्यान्वयन गर्नुको साटो १९ औंपटक सत्याग्रहमा होमिन बाध्य पर्ने व्यवहार निन्दनीय र भत्र्सना योग्य रहेको बताइएको छ।

‘एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनोट गर्न पाउने अधिकारको वञ्चित गर्दै सुरक्षाकर्मी बाट नै गरिएको यस्तो ज्याजतीपूर्ण व्यवहारप्रति यस संघ गम्भिर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तीमा अघि भनिएको छ।

संघले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण रुपमा गरिएको सत्याग्रहलाई सरकारले गम्भिर रुपमा मनन गर्दै अविलम्व वार्ताद्वारा माग पूरा गर्न माग गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय