केसी अनशनस्थलमा पत्रकारलाई रोक, डाइरेक्टर भन्छन्, ‘मलाई थाहा छैन’

विगत १० दिनदेखि अनशनरत चिकित्सक गोविन्द केसीलाई राखिएको स्थलमा पत्रकारलाई जान निषेध गरिएको छ।

मराजगंजस्थिति टिचिङ अस्पतालमा आईसीयूमै अनशनमा रहेका केसीबारे जानकारी लिन जाने पत्रकारलाई निषेध गरिएको छ।

बुधबार बिहानैदेखि रिपोर्टिङका लागि पत्रकारहरु त्यहाँ पुगे पनि अस्पताल प्रशासनले केसी अनशन बसेको ठाउँमा छिर्न दिएको छैन।

यस विषयमा अस्पतालका डाइरेक्टर डा. दिनेश काफ्लेले यसबारे आफूलाई जानकारी नभएको बताए। कोरोनाका कारण प्रशासनले भीडभाड हुन नदिएको हुनसक्ने उनको भनाइ छ।

‘यस विषयमा मलाई थाहा छैन। कोरोना जोखिमका कारण पनि सम्बिन्धित विभागले अस्पतालभित्र भीडभाड गर्न नदिएको हुनसक्छ,’ उनले भने।

डा. केसीको अनशनकाका मुद्दामध्ये डाइरेक्टर काफ्लेको नियुक्ति पनि एक हो। योग्यता नपुगेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै नियुक्ति खारेज गर्न केसीले माग गरेका छन्।

सोही कारण पनि केसीको समाचार संकलनमा गएका पत्रकारलाई निषेध गरिएको पत्रकारहरुको गुनासो छ।

One thought on “केसी अनशनस्थलमा पत्रकारलाई रोक, डाइरेक्टर भन्छन्, ‘मलाई थाहा छैन’

  1. अन्तत यिनलाई नै सरकारी अस्पतालको बिश्वास छैन अब हामि निमुखा दूरदराज का बिरामीहरु कहाँ गइ उपचार गर्ने अब ! के बिर अस्पतालका डाक्टर हरु नालाएक छन् हो, कि सरकारी अस्पताल भनि हेप्या हो कुरो अलि हामि दूरदराजका निमुखा हरुले बुझेनम , शंका गर्ने ठाम भयो !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय