कोरोना जितेका स्वास्थ्यकर्मी भन्छन् : संक्रमितलाई दुर्व्यवहार होइन सहानुभूति चाहिन्छ

जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यको कोरोना परीक्षण रिपोर्ट ७ भदौमा पोजेटिभ आयो।

उनी क्वाटरमै बसे। १६ भदौमा पठाएको स्वाबको रिपोर्ट नेगेटिभ आयो।

सेवामै खटिएका बेला संक्रमित बनेका उनलाई अझै लाग्छ – समाजले हेर्ने दृष्टिकोण किन परिवर्तन हुन सकेन।

‘पोखरामै बुवा संक्रमित हुँदा छिमेकीले तगारो लगाइदिएर बच्चाले दुध खान नपाएको घटना पनि भयो। समाजबाट यस्तो व्यवहार हुनु निकै दुखद हो,’ आचार्य भन्छन्, ‘बुझ्ने वर्गबाटै पनि यस्तो भएको छ।’

संक्रमितमाथि कुदृष्टि र परिवारका सदस्यमा समाजले गरेको व्यवहार देखेका र सुनेका आचार्यले त्यस्तो भोग्नु परेन।

‘कामको सिलसिलमा म मनाङ र परिवारका सदस्य पोखरा भएकाले समाजबाट हुने गरेको व्यवहार मैले भोग्नुचाहिँ परेन,’ संक्रमित हुँदाको अनुभव साट्दै उनले थपे, ‘संक्रमितलाई दुव्र्यवहार होइन सहानुभूति चाहिन्छ।’

बद्री आचार्य

सीमित जनशक्तिले जिल्ला धानिरहेको र त्यहीबेला आफूलाई संक्रमण भएको उनको अनुमान छ। ‘काम गर्न जनशक्ति थोरै छौं।

स्वाब संकलन हुँदा विवरण नोट गर्थें। मास्क र पन्जामात्रै लगाएर काम गर्थें। सायद त्यहीबेला संक्रमण भयो,’ आचार्यले सुनाए। एक हप्ता पहिला स्वाब लिएर पोखरा आएका उनी परिवारका सदस्यसँग भेट गरेर कर्मथलोमा खटिएका छन्।

दैनिक ६ घन्टा वार्डमा ड्युटी हुन्थ्यो। कहिलेकाहीँ प्रिआइसोलेसनमा पनि खटिनुपथ्र्यो। असोज अन्तिम साता प्रिआइसोलेसनमा ड्युटी प¥यो। गण्डकी मेडिकल कलेजकी २६ वर्षे नर्स नाइट ड्युटीमा खटिइन्। कोरोनाका शंकास्पद बिरामी प्रिआइसोलेसनमा थिए।

ज्वरो आएका ती बिरामीको रिपोर्ट पोजेटिभ आयो। त्यसपछि २६ वर्षीया नर्स कन्ट्याक ट्रेसिङमा परिन्। २६ भदौमा स्वाब परीक्षणलाई दिइन्।

‘दुई÷तीन दिन क्वारेन्टाइनमा बसेँ। स्वाब दिएको तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो। अहिले होस्टलको आइसोलेसनमा छु,’ नाम नबताउने शर्तमा संक्रमित नर्सले भनिन्, ‘उहाँबाटै स¥यो जस्तो लाग्छ।’

दोस्रो परीक्षणका लागि सोमबार स्वाब प्रयोगशाला पठाएको उनले बताइन्। कोरोना पोजेटिभ देखिएपछि छिट्टै निको हुने आशमा बेसार पानी र गुर्जो सेवन गरिरहेकी छन्।

‘कुनै लक्षण छैन। नर्मल छु। घरबाट गुर्जो ल्याइदिनुभएको छ। बेसार पानी पनि खाइरहेकी छु,’ ती नर्सले भनिन् ।

उनलाई साथीभाइ र घरपरिवारको हौसलाले पनि कोरोना जित्ने मनोबल बढेको छ। तर आफूले सुनेको, पढेको र सोचेभन्दा कोरोना फरकजस्तो लागेको छ। नलागोस् पनि कसरी सँगै काममा खटिएका साथीभाइको त रिपोर्ट नेगेटिभ आयो।

‘छोएपछि सर्छ भन्ने लाग्थ्यो। तरसँगै काम गर्ने साथीलाई पोजेटिभ देखिएन,’ आश्चर्य मान्दै उनले थपिन्, ‘पिपिई, मास्क, ग्लोब्स सबै थियो । तर कसरी स¥यो स¥यो।’ घरका सदस्यसँग दैनिक संवाद गर्छिन्।

छरछिमेकले परिवारका सदस्यलाई नराम्रो व्यवहार गर्छन् कि भन्ने उनलाई लाग्छ। तर अहिलेसम्म कसैले दुव्र्यवहार गरेको सुन्नुपरेको छैन।

साथीभाइ पनि दिनदिनै स्वास्थ्य अवस्था सोधिरहन्छन्। परिवार र साथीभाइले दिएको ढाडस, बेसार र गुर्जो पानीको बलबुतामा उनी कोरोना जित्ने आशमा छिन्।

स्वास्थ्य प्रमुख आचार्य र जिएमसीकी २६ वर्षे नर्स सहित गण्डकी प्रदेशका ६४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। ३२ जना निको भएका छन् ।

मुस्ताङ र म्याग्दीबाहेक प्रदेशका ९ जिल्लामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोरोना पुष्टि हुनेमा कास्की र पर्वतका १२, तनहुँ र बागलुङका ९, नवलपुर र लमजुङका आठ, स्याङ्जाका चार, मनाङ र गोरखाका एक÷एक जना छन्।

तनहुँका सात, कास्की र स्याङ्जाका तीन, बागलुङका चार र नवलपुरका १ संक्रमित स्वास्थ्यकर्मी निको भएको निर्देशनालयले जनाएको छ। पर्वत, गोरखा र मनाङका सबै संक्रमित निको भएका छन्।

प्रदेश स्वास्थ्य निर्देशक काम गर्ने क्रममा पोजेटिभ देखिनु स्वाभाविक भएको र गण्डकी प्रदेशमा अरु प्रदेशमा जस्तो कुटपिट र दुव्र्यवहारको घटना नभएको बताए । ‘भाडामा बस्द दिन अलिकति अप्ठेरो मानेकोचाहिँ पाइयो। तर खासै नोटेबल केही छैन,’ उनले भने ।

गण्डकी प्रदेशमा मंगलबारसम्म ३५ सय २३ जनामा कोरोना पुष्टि भएको छ। २२ सय ६८ संक्रमित निको भएका छन्। प्रदेशका ३२ संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीका १०, गोरखा र

नवलपुरका ६÷६, तनहुँका चार, स्याङ्जाका तीन, बागलुङ, म्याग्दी र लमजुङका एक÷एक जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय