अन्ततः टिचिङमै पुगे डा. केसी

 

अनशनरत चिकित्सक गोविन्द केसी मंगलबार साँझ टिचिङ अस्पताल महाराजगंज नै पुगेका छन्। मंगलबार बिहान नेपालगञ्जबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीले अपहरणको शैलीमा राष्ट्रिय ट्रमा सेन्टर लगेको थियो।

सेन्टरमा उपचार गर्न केसीले मानेका थिएनन्। टिचिङमा गएमात्रै आफूले सामान्य परीक्षण गराउने अडान लिएपछि मंगलबार साँझ साढे ६ बजेतिर टिचिङ अस्पताल लगिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

अहिले उनलाई टिचिङ अस्पतालको आईसीयूमा राखिएको छ। टिचिङमा कोरोना संक्रमणको जोखिम भएको भन्दै प्रहरीले डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर लिएको थियो।

विभिन्न राजनीतिक दल र नागरिकको चर्को विरोधपछि मात्रै प्रशासनले टिचिङ लैजान दिएको बताइएको छ।

One thought on “अन्ततः टिचिङमै पुगे डा. केसी

  1. अन्तत यिनलाई नै सरकारी अस्पतालको बिश्वास छैन अब हामि निमुखा दूरदराज का बिरामीहरु कहाँ गइ उपचार गर्ने अब ! के बिर अस्पतालका डाक्टर हरु नालाएक छन् हो, कि सरकारी अस्पताल भनि हेप्या हो कुरो अलि हामि दूरदराजका निमुखा हरुले बुझेनम , शंका गर्ने ठाम भयो !!!

Leave a Reply to Ram Nepali Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय