तुलसीपुरमा ७ महिने र चारवर्षे बालकसहित २१ जनामा कोरोना

तुलसीपुरमा ७ महिनो बालकसहित थप २१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा तुलसीपुरका ७ महिने बालकसहित तुलसीपुर उपमहानगरपालिका ३ कर्मचारी, इन्टरनेट वर्ल्ड लिंकका ३ कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिएका छन्।

तुलसीपुरका कर्मचारी, इन्टरनेटका कर्मचारी, क्वारेन्टाइनमा बसेका र कन्ट्याक्ट ट्रेसिङ गरी ८४ जनाको नमुना स्वाब संकलन गरि परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका १ का ४ वर्षीय बालक र २४ वर्षीय पुरुष र २३ वर्षीया महिला, वडा २ का ३१, २५ वर्षका दुई पुरुष र ६१ वर्षीया महिला, वडा नम्वर ३ का ५८ वर्षीय पुरुष र ७, १४ वर्षीया बालिका र २५ वर्षीया महिला, वडा ५ का ५०, २२, २५ वर्षका पुरुष र २५,२७ वर्षीया महिला, वडा ६ का २८, १२, ३१ वर्षीय पुरुष, वडा ८ का २९ वर्षका पुरुष र १० वर्षीया बालिका र वडा ११ का ७ महिने बालक रहेको केसीले जानकारी दिए।

योसँगै तुलसीपुरमा संक्रमितको संख्या २ सय १ जना पुगेको छ भने हाल सक्रिय संक्रमित स‌ंख्या ५६ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय