यसरी स्वास्थ्यकर्मीमा संक्रमण बढ्ने हो भने सेवा दिन सक्दैनौं :  स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेको तुलनामा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै जाने हो भने बिरामीलाई सेवा दिन नसकिने बताएको छ।

काठमाडौं उपत्यकामा दैनिक स्वास्थ्यकर्मी संक्रमण हुने संख्या बढिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

‘काठमाडौं उपत्यकामा सयौँ संख्यामा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमा संक्रमण भएको छ। जसका कारण उहाँहरूले दिने सेवा घट्न गएको छ, डा. गौतमले भने,‘ अहिले सम्म व्यवस्थापन गरिरहेका छौं। यही तुलनामा स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै जाने हो भने सेवा दिन कठिन हुन्छ।’

मन्त्रालयका अनुसार देशभर १ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भइसकेको छ।

उपत्यकामा बढ्दै गएको संक्रमणको केसले चिन्ता थपिएको डा. गौतम बताउँछन्।

त्यसैगरी, मन्त्रालयले ६० वर्ष माथिका वृद्ध–वृद्धाहरू, मधुमेह,छाती रोग, फोक्सो, मुटु, क्यान्सर, गर्भवती, मिर्गौला र दीर्धकालीन रोग भएका घरबाट नस्किनको लागि अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय