औषधीको माग घटेपछि देउराली-जनताको उत्पादन बन्द

नेपालमा औषधिको माग घटेको भन्दै हात्तीसारमा रहेको देउराली-जनता फर्मास्युटिकल्स प्रालिको उत्पादन तत्कालका लागि बन्द गरिएको छ।

फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार कोभिड-१९ को महामारीका कारण बजारमा अन्य औषधिको माग ह्वात्तै घटेको छ।

‘हामीसँग पर्याप्त औषधि छ, तर माग नै घटेपछि किन उत्पादन गर्ने भन्ने भयो। त्यही भएर केही समयका लागि उत्पादन रोकेका हौं,’ शर्माले भने।

२०४५ मा स्थापना भई ४७ माघबाट औषधी उत्पादन थालेको कम्पनीले कोभिड-१९ को संक्रमणसँगै क्षमता घटाउँदै लगेको थियो।

यो कम्पनीले ३ सय थरी औषधी उत्पादन गर्दै आएको छ। जसमा झोल औषधी, ट्याबलेट, क्याप्सुल, ड्राइ पाउडर, ओआरएस र मलमहरू पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय