काठमाडौं उपत्यकामा थप ६४७ जना कोरोना संक्रमण

२४ घन्टामा काठमाडौं उपत्यकामा थप ६ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा ५ सय ११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

मगंलबार मात्र देशभर १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन्।
आज थपिएका सँगै संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

आज देशभर १८ हजार १ सय ४२ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना रहेका छन्।

मगंलबार आज ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा ८ सय २३ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४८ हजार ६१ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२ प्रतिशत रहेको छ।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय पुरूष र काभ्रेपलाचोकको ५० वर्षीय महिला रहेकी छिन्।

आज थपिएका सहित संक्रमणबाट ४ सय २९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय