एकैदिन थपिए १ हजार ३ सय ५६ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा देशभर १ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको बताए।

मगंलबार देशभर १८ हजार १ सय ४२ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ९ सय ४९ जना रहेका छन्।

आज ७ हजार १ सय ७१ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा ८ सय २३ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४८ हजार ६१ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय