भेरीका मेडिकल सुपरिटेन्डेन्ट डा. थापा पनि संक्रमित

नेपालगन्जस्थित भेरी अस्पताल निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।

कोरोना नियन्त्रण तथा रोकथाम अभियानको अग्रपंक्तिमा रहेर सुरुदेखि नै खटिएका थापाको मंगलबारको परीक्षण रिपोर्टमा पोजेटिभ पुष्टि भएको हो।

शरीर थकित हुँदै ज्वरो आएपछि शंका लागेर स्वाब दिएको र भेरी अस्पतालको परीक्षणमा आफूलाई कोरोना पोजेटिभ भएको डाक्टर थापाले बताए।

हाडजोर्नी विशेषज्ञसमेत डा. थापासँगै भेरीमा कार्यरत करिब एक दर्जन विशेष चिकित्सक र दुई दर्जन बढी स्वास्थ्यकर्मी यसअघि नै संक्रमित भइसकेका छन्।

संक्रमित अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निको भएर काममा फर्किसकेका छन्।

डाक्टर थापालाई कोरोना संक्रमण पुष्टि भए पनि भेरी अस्पतालले भने अन्य संक्रमित सँगै उनको नतिजा पनि आधिकारिक रूपले बेलुका सार्वजनिक गर्ने भएको छ।

डा. थापा भेरी अस्पतालको विकास र समृद्धिका लागि अहोरात्र खटिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय