विमानस्थलबाटै डा. केसीलाई प्रहरीले ट्रमा सेन्टर पुर्‍यायो

स्वास्थ्य अवस्था कमजोर बनेपछि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएका चिकित्सक गोविन्द केसीलाई प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याएको छ।

महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने पूर्व तयारी रहे पनि प्रहरीले विमानस्थलबाटै अपहरणको शैलीमा ट्रमा सेन्टर पुर्‍याएको केसीका सहयोगी पृतम सुवेदीले जानकारी दिएका छन्।

सोमबार जुम्लाबाट नेपालगञ्ज पुगेका केसीले भेरी अस्पतालको आईसीयूमा पनि आफ्नो अनशन जारी राखेका थिए। आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान लिएका डा. केसीलाई ११ बजे नेपालगञ्जबाट काठमाडौं ल्याइएको थियो।

टिचिङ लैजाने तयारी गर्दैगर्दा एकाएक विमानस्थल पुगेको प्रहरीले सिधै ट्रमा सेन्टर लगेको सुवेदीले बताए।

टिचिङमा समर्थकहरुको भीड हुने देखेपछि प्रशासनले थाहै नदिएर ट्रमा सेन्टरतिर लगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय