दमकमा दुई स्वास्थ्यकर्मीसहित १४ संक्रमित थपिए

झापाको दमकमा आज ( मंगलबार ) दुई स्वास्थ्यकर्मीसहित १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

संक्रमण पुष्टि हुनेमा आठ वर्षीय बालकसहित एकै घरका चारजना छन्।

उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीका अनुसार दमक नगरपालिकाका ५ का एकै परिवारका चार जनामा संक्रमण देखिएको हो।

संक्रमित हुने स्वास्थ्यकर्मी दमक अस्पतालका हुन्। संक्रमित हुनेमा स्वास्थ्यकर्मीमा एक पुरुष र एक महिला छन्।

दमक ४ , ७ ८ का ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको अधिकारीले बताइन्।

शुक्रबार नमूना संकलन गरी परीक्षणका लागि पठाइएका १४० जनामध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय