कान्ति बाल अस्पतालमा विपन्नलाई आकस्मिक उपचार निःशुल्क

कान्ति बाल अस्पतालले गरिब तथा विपन्न नागरिकहरूका लागि आकस्मिक उपचार सेवा निशुल्क दिने भएको छ।

सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै गरिब तथा विपन्नका लागि आकस्मिक उपचार सेवा निःशुल्क दिन सुरु गरिएको अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले जानकारी दिए।

अबदेखि अस्पतालमा आकिस्मक उपचारका लागि आउने विपन्न नागरिकले रकम तिर्नु नपर्ने भएको छ।

कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले चालु आर्थिक वर्ष २०७७र७८ देखि लागू हुने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक सेवा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको थियो।

सरकारको सोही कार्यक्रम अनुरुप अस्पतालले उक्त सेवा निःशुल्क सुरु गरेको हो।

आकस्मिक उपचार निःशुल्क कार्यक्रम वीर अस्पताल, मानसिक अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह, नरदेवी आयुर्वेदिक अस्पताल, सिभिल अस्पताल, नेपाल पुलिस अस्पतालमा सुरु हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय