डा. केसी काठमाडौं आउँदै, अबको अनशन टिचिङ अस्पतालमै

 

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै जुम्लामा अनशन बसेको चिकित्सक डा. गोविन्द केसी काठमाडौं आउन लागेका छन्।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र जुम्लामा हिंसा भड्किन सक्ने भन्दै डा. केसी सोमबार नै नेपालगञ्ज आइपुगेका थिए।

भेरी अस्पतालको आईसीयूमा बसेका केसीलाई मंगलबार काठमाडौं ल्याइन लागिएको हो। अहिले ११ः२५ को बुद्ध एयरको फ्लाइटमा उनी नेपालगञ्ज विमानस्थलबाट काठमाडौं आउन लागेका हुन्। काठमाडौं आए पनि उनले अनशन जारी राख्ने बताएका छन्।

काठमाडौंको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उनलाई राखिने भएको छ। उनले टिचिङ अस्पतालबाटै आफ्नो सत्याग्रह जारी राख्ने बताएका छन्।

आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने डा. केसीले अडान राख्दै आएका छन्। ९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था क्रमिक रुपमा कमजोर बन्दै गएको छ। सोमबार भेरी अस्पतालमा गरिएको जाँचमा उनको शरीरमा सुगरको मात्रा घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय