क्याप्टेन विजय लामा भन्छन्, ‘कोरोना सामान्य रोग होइन, यसले ज्यान लिनसक्छ’

हेल्थपाेष्ट/काठमाडाैं
प्रकाशित
२०७७ असोज ६ गते ११:११

 

कोरोनाबाट संक्रमित बनेका नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई हल्का रुपमा नलिन आग्रह गरेका छन्।

ललिलतपुरको स्टार अस्पतालमा उपचाररत लामाले आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको जानकारी दिँदै उनले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेका हुन्।

उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला। आफ्नो सुरक्षामा कतै नचुक्नु होला। यो सामान्य रोग होइन। यसले ज्यान लिन सक्छ ।’

उनले आफू जटिल अवस्था पार गर्दै पुनः स्वस्थ बन्दै गएको उल्लेख गरेका छन्।

दुई सातादेखि आइसोलेसनमा बसेका उनले भनेका छन्, ‘एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु। अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु।’

उनले पछिल्लो दिनमा आफूलाई कमजोरी महशुस नभएको र खाना पनि रुच्दै गएको बताए।

उनले अघि भनेका छन्, ‘रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टर साबको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ।’

उनले आफ्नो स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन्।

साथै लामाले आफू चाँडै निको भएर उडान भर्ने र विदेशमा भएका नेपालीलाई नेपाल फर्काउने पनि बताएका छन्।

उनले अघि लेखेका छन्, ‘आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि। चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय