नेपालगञ्ज पुगे डा. केसी, भोलि काठमाडौं आउँदै

जुम्लाबाट फर्किएका डा. गोविन्द केसीले नेपालजञ्जमा पनि आफ्नो अनशन जारी राखेका छन्। सोमबार साँझ जुम्लाबाट नेपालगञ्ज ल्याइएका डा. केसीलाई भेरी अस्पतालको आइसियूमा राखिएको छ।

साेमबार उडान नभएका कारण उनलाई नेपालगञ्जमै राखिएको हो। भोलि बिहानै काठमाडौं ल्याउने तयारी गरिएको छ।

दैनिक स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र उपचार गराउन नमानेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सोमबार हेलिकप्टरमार्फत नेपालगञ्ज ल्याइएको हो।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएको र सरकार आफ्ना मागप्रति गम्भीर नभएको अवस्थामा जुम्लामा हिंसा भड्किने त्रासका कारण आफू फर्किएको डा. केसीले बताएका छन्।

काठमाडौं फर्किएका डा. केसीलाई साँझ नेपागञ्ज भेरी अस्पताल लगिएको छ। त्यहाँ पनि उनले उपचार गर्न मानेका छैनन्। आइसियूमा राखिएका केसीले आफ्ना माग पूरा नहुँदासम्म उपचार पनि नगर्ने र अनसन पनि नतोड्ने अडान लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय