परिवारका सदस्यमा कोरोना देखिएपछि स्वास्थ्यमन्त्री ढकाल पुनः क्वारेन्टाइनमा

परिवारका एक सदस्यमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पुनः होम क्वारेन्टाइनमा बसेका छन्।

परिवारका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएसँगै ढकाल हिजोबाट नै होम क्वारेन्टाइनमा बसेको मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए।

हाल होम क्वारेन्टाइनमा बसेका ढकालको दुई दिनपछि पीसीआर परीक्षण गर्ने तयारी रहेको उनले जानकारी दिए। तिवारीकाअनुसार स्वास्थ्य मन्त्रालय नजाने र नियमित भेटघाट बन्द गरे पनि मन्त्री क्वाटरबाटै उनले मन्त्रालयका काम र आवश्यक निर्देशन दिइरहेका छन्।

यस अगाडि गत जेठमा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए।

तर, ती बिरामीमा कोरोना पुष्टि भएसँगै उनी केही दिन होम क्वारेन्टाइनमा बसेका थिए। ढकालको कोरोना भाइरस सरे नसरेको पुष्टि गर्न नमूना परीक्षण गर्दा नेगेटिभ आए पनि केहि दिन स्वास्थ्य मन्त्रालय नगई होम क्वारेन्टाइनमा बसेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय