डा. केसीको जीवन रक्षा माग गर्दै काठमाडौंमा प्रदर्शन

चिकित्सा शिक्षा सुधारको माग राख्दै १९औं पटक अनसन थालेका डाक्टर गोविन्द केसीका समर्थकले राजधानीको माइतीघरमा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डा. केसी अलायन्सले प्रदर्शन गरेको हो।

‘दुरदराजमा मेडिकल शिक्षा खोई?’, ‘गोविन्द केसीको माग पुरा गर!’, ‘गोविन्द केसीको जीवन रक्षा गर!’ जस्ता नारा लगाएका थिए।

जुम्लामा सत्याग्रह थालेका केसी असुरक्षाको महशुस गर्दै आज राजधानी फर्किदै छन्। डा. केसीले सत्याग्रह थालेको आज ८ दिन बितिसकेको छ। तर, सरकारले उनको मागप्रति कुनै चासो देखाएको छैन।

जसले गर्दा जनस्तरबाट केसीको समर्थनमा आन्दोलन चर्किदो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय