सोमबार थप कोरोनाबाट १६ जनाको मृत्यु, संख्या ४२७ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट एकै दिन १६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ जिल्लामा ३ महिला र १३ पुरुष गरी १६ जनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यकामा मात्रै सोमबार ६ जनाको मृत्यु भएको छ।

आज थपिएका सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ४ सय २७ पुगेको छ।

सोमबार मृत्यु हुनेमा झापामा ७२, सुनसरीमा ४९, पर्सामा ८८, भक्तपुरमा ८४ र ६२, काठमाडौंमा ५८ र ७३ वर्षीय पुरुष रहेका छन्।

यस्तैगरी, मकवानपुरमा १७ वर्षीया महिला र ६८ वर्षीय पुरुष, ललितपुरमा ५८ वर्षीया महिला र ६१ वर्षीय पुरुष, चितवनमा ५५ वर्षीय पुरुष, दोलखामा ५२ वर्षीया महिला, रुपन्देहीमा ६७, बाँकेमा ५० र ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ७ प्रतिशत छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय