अहिलेसम्म भक्तपुरको मध्यपुरमा ६ सय १७ जनामा संक्रमण, १३ जनाको मृत्यु

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा सोमबारसम्म ६ सय १७ जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ।

त्यसमा महिला २ सय ७१ जना र पुरुष ३ सय ४६ जना रहेका छन्। नगरपालिकामा ९ वडा छन्। सबै वडामा कोरोना संक्रमित देखिएको छ।
त्यसमध्ये २ सय ५२ निको भएका छन्। ३ सय ५२ जना सक्रिय संक्रमित छन्।

मध्यपुर थिमी नगरपालिकामा मात्र १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको तथ्यांक छ। त्यसमा ४ जना महिला र ९ जना पुरुष छन्।
सबैभन्दा वढी संक्रमित वडामा ३ नम्बर हो। यो वडामा एक सय ४५ जना संक्रमित छन्। सबैभन्दा कम संक्रमित वडा २ हो। यसमा १९ जना संक्रमित छन्।

त्यसपछि ६ वडामा एक सय ११, ५ वडामा ८५ जना, ४ र १ वडामा ६९ जना, ७ वडामा ६१ जना र ९ वडामा ३८ जना, ८ वडामा २० जना कोरोना संक्रमित रहेको तथ्यांकमा छ।

अहिलेसम्म २ हजार ८ सय ८८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरिसकेको नगरपालिकाको तथ्यांकमा जनाइएको छ। एक सय ६ जना संक्रमित अस्पतालको आइसोलेसनमा छन् । साथै होम आइसोलेसनमा २ सय ४६ जना छन्।

भक्तपुर जिल्लामा पनि दैनिक कोरोना संक्रमित संख्या बढिरहेको छ। भक्तपुरमा चार नगरपालिका छन्। सबै नगरपालिकामा कोरोना संक्रमित भेटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय