काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना, संक्रमित संख्या १७ हजार नाघ्यो

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार काठमाडौंमा ५ सय ३८, ललितपुरका ६२ र भक्तपुरका ७४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका सहित काठमाडौं उपत्यकामा कोरोना संक्रमित १७ हजार २ सय ९० जना पुगेका छन्।

सोमबार देशभर १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका सँगै संक्रमित संख्या ६५ हजार २ सय ७६ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

सोमबार देशभर १७ हजार ६ सय ११ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना रहेका छन्।

आज ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ५ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४७ हजार २ सय ३८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२ प्रतिशत रहेको छ।

आज देशभर १० कोरोना संक्रमितको मृत्युभएको छ जसमध्ये काठमाडौं उपत्यकामा २४ घण्टामा ६ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय