सोमबार थप ११५४ जनामा कोरोना, संक्रमण मुक्त १००५

पछिल्लो २४ घन्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ६५ हजार २ सय ७६ पुगेको बताए।

सोमबार देशभर १७ हजार ६ सय ११ संक्रिय संक्रमित र होम आइसोलेसनमा ८ हजार ६ सय ९० जना रहेका छन्।

आज ७ हजार ४ सय ३ जना क्वारेन्टाइनमा रहेका छन्।

गत २४ घन्टामा १ हजार ५ जना कोरोना मुक्त भएका छन्।

यो सँगै संक्रमण मुक्त हुने संख्या ४७ हजार २ सय ३८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७२ प्रतिशत रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय