डा. केसी काठमाडौं फर्किंदै, सत्याग्रह जारी

स्वास्थ्य र मेडिकल शिक्षाको सुधारको माग राख्दै १९ औं सत्याग्रह थालेका डा. गोविन्द केसी काठमाडौं फर्किने भएका छन्।

उनले आफ्नो सत्याग्रह काठमाडौंमा जारी रहने बताएका छन्।

आज एक विज्ञप्ति जारी गदै डा. केसीले सरकारले सत्याग्रह स्थलबाट अपहरण शैलीमा जबर्जस्ती गर्ने कार्य गरेको कारणले असुरक्षित महसुस भएको बताएका छन्।

‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन, विज्ञप्तिमा भनिएको छ,‘ त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं।’

जुम्लामा रहेर हाम्रो सत्याग्रहमा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई डा. केसीले धन्यवाद दिएका छन् भने आफूले राखेका सबै माग पुरा गराएर मात्रै सत्याग्रह टुंगाउने जनाएका छन्।

डा. केसीले १९ औं सत्याग्रह बसेको ८ दिन बितिसकेको छ। तर, सरकारले उनको मागप्रति कुनै चासो देखाएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय