धरानमा दुई संक्रमित महिलाको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निर्देश सापकोटाका अनुसार मृत्यु हुनेमा झापा मेचीनगर ८ का ७२ वर्षीया महिला रहेकी छन्।

असोज ४ गते कन्काई अस्पतालबाट धरान रेफर गरिएकी महिलाको हिजो राति ९ः२० बजे मृत्यु भएको हो। भदौ ४ गते कोरोना पुष्टि पनि उनलाई कुनै दीर्घरोग रहेको नखुलेको सापकोटाले बताए।

त्यस्तै सुनसरी सदरमुकाम इनरुवाकी ४९ वर्षकी महिलाको पनि प्रतिष्ठानमा उपचारकै क्रममा मृत्युु भएको छ। मृत्यु हुने इनरुवा ४ की

महिलालाई असोज १ गते बिपी प्रतिष्ठानको ल्याबमा पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

प्रवक्ता सापकोटाले उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलासम्बन्धी समस्या रहेको जानकारी दिए। उनको सोमबार बिहान २ बजे मृत्यु भएको हो।

प्रतिष्ठानले दुवै शव व्यवस्थापन भइरहेको जानकारी दिएको छ। बिपी प्रतिष्ठानमा मृत्यु भएका संक्रमितको शव नेपाली सेनाले धरानको नजिककै चारकोसे झाडीमा व्यवस्थापन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय