आयुर्वेद औषधी सेवन गर्ने अधिकारबाट कसैलाई वञ्चित नगरियोस् : चिकित्सक संघ

 

देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचाररत कोरोना संक्रमितलाई आयुर्वेद जडिबुटी औषधी नदिएको प्रति नेपाल आयुर्वेद चिकित्सक संघले आपत्ति जनाएको छ।

अहिले कोरोना संक्रमितको उपचारको लागि आयुर्वेद औषधी प्रभावकारी मानिएको छ। तर, कतिपय अस्पताल तथा आइसोलेसन सेन्टरले विभिन्न वाहना देखाई आयुर्वेद औषधी नदिएको गुनासो आएको प्रति संघले आपत्ति जनाएको हो।

संघले एक विज्ञप्ती जारी गर्दै अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार गराइए रहेका संक्रमित व्यक्तिले आयुर्वेद जडिबुटी औषधी सेवन चाहेको तर विविध कारण देखाई औषधी नदिएको गुनासो आइरहेको जनाएको छ।

उक्त समस्यालाई चाडैँ हल गर्नेको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अपिल गरेको छ।

‘आधारभूत मानव अधिकार रक्षा गरि बिरामीले चाहेको आयुर्वेद जडिबुटी औषधि आयुर्वेद चिकित्सकको रेखदेखमा खान पाउने व्यवस्था सुनिश्चित गरि उपचार पाउने संविधान प्रदत्त मौलिक हक रहेको छ, विज्ञप्तीमा भनिएको छ, ‘ चाहेको उपचार लिन पाउने आधारभूत मानव अधिकारबाट कसैलाई वञ्चित नगरियोस।’

साथै, संघले आयुर्वेद विधिको बारेमा पर्याप्त जानकारी र सुचना सम्प्रेष्ण गर्नको लागि सञ्चार माध्यमलाई आग्रह समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय