नेपालगन्जका कैदीको कोरोना संक्रमणबाट मृत्यु

बाँकेमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट कैदीको मृत्यु भएको छ।

सुर्खेत सहारेका ५८ वर्षीय कैदीको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

दमका बिरामी पुरुष कैदीको श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि सुर्खेत कारागारबाट नेपालगन्ज कारागारमा सारिएको थियो।
कर्तव्यज्यान मद्दामा सजाय काटिरहेका उनको भदौ २१ गते स्वाब लिइएको थियो।

त्यही दिन उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। भदौ २२ गते भर्ना भएका कैदीको सोमबार विहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको हो।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ। जसमध्ये ४ जना बाहिरी जिल्लाका छन् भने ७ जना बाँकेकै हुन। यसअघि सुर्खेत, कैलाली, अछाम र अर्घाखाँचीका एक− एक जना कोरोना संक्रमितको बाँकेमा उपचारकै क्रममा मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय