दुई छोरी र आमाको पोखरीमा डुबेर मृत्यु

मिलन बुुढाथोकी/विराटनगर
प्रकाशित
२०७७ असोज ५ गते १२:००

मोरङमा पोखरीमा डुबेर एकै परिवारका तीनजनाको मृत्यु भएको छ।

मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुसार मृत्यु हुनेमा ग्रामथान वडा ४ मोतीपुरका एकै परिवारका ३ सदस्य रहेका छन्।

खड्का अनुसार स्थानीय रुद्र कटवालको पोखरीमा सीता अधिकारीको परिवारले माछा रुँग्ने काम गर्दै आएको थियो।

पोखरीमा चारो हाल्न जाने क्रममा सीताका दुई छोरी र आफ्नो डुबेर ज्यान प्रारम्भिक अनुसन्धानमा देखिए पनि अन्य के कारण भयो भन्ने अनुसन्धान जारी रहेको उनको भनाइ छ ।

मृत्यु हुनेमा ३५ वर्षीया सीता अधिकारी, छोरीहरू ९ वर्षीया कृति र १३ वर्षीया पवित्रा छन्।

‘उनीहरू उक्त पोखरीको रेखदेख गर्दै आएका थिए। माछालाई चारो दिएर नुहाउने क्रममा छारीहरू पानीमा डुबेको भनिएको छ,’ खड्काले भने, ‘उनीहरूलाइ बचाउन खोज्दा आमाको पनि मृत्यु भएछ। हामीले सो घटनाको अनुसन्धान गदैछौं।’

प्रहरीका अनुसार शवहरु पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय