चार दिनदेखि बेपत्ता सिनियर अहेबको शव नहरमा भेटियो

हेल्थपोस्ट/बुटवल
प्रकाशित
२०७७ असोज ५ गते ९:५०

चार दिनदेखि बेपत्ता भएका सिनियर अहेब बिष्णु प्रसाद नेपालको शव फेला परेको छ ।

उनको सोमबार बिहान तिलोत्तमा ११ मधौलिया स्थित नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रतितसिंह राठौरले बताए ।

नेपाल बिहीबार राति १२ बजे बुटवल उपमहानगरपालिका–९ स्थित होटल पार्क प्लाजाबाट लु २० प ४०६७ नं को मोटरसाइकलमा हिडेको भएपनि घरमा नगई बेपत्ता भएका थिए ।

नहरमा पानीको बहाब उच्च रहेकाले उनी सोही नहर खसेको हुन सक्ने आशंकामा प्रहरीले नहरको पानी बन्द गरेर उनको खोजी गरि रहेको थियो ।

रुपन्देही सुद्धोधन गाउँपालिका–४ का ४४ वर्षीय नेपाल मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सिनियर अहेबको रुपमा कार्यरत रहेका थिए ।

नेपालको श्रीमती र एक छोरा रहेका छन् ।उनका दाजु छबि नेपाल पनि उपचारको क्रममा हिजो काठमाडौमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय